१८ जेष्ठ २०८०, बिहिबार | Thu Jun 1 2023


राष्ट्रपति पौडेलको राजनीतिक सल्लाहकारमा सुनिल थापा नियुक्त


39
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकारमा कांग्रेस नेता सुनिल थापा नियुक्त हुनु भएकाे छ ।

राष्ट्रपति पौडेलले पूर्वमन्त्री थापालाई आफ्नो राजनीतिक सल्लाहकारमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उहाँ गत मंसिर ४ को निर्वाचनमा नेकपा एमालेका राजेन्द्र राईसँग पराजित हुनुभएकाे थियाे ।