१७ जेष्ठ २०८०, बुधबार | Thu Jun 1 2023


मिटरब्याजीलाई राजनीतिक दलले संरक्षण गर्नु हुँदैनः डा. पौड्याल


91
Shares

काठमाडाैं । राष्ट्रिय सभा सदस्य डा. बिमला राई पौड्यालले मिटरब्याजीहरुलाई संरक्षण नगर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्ताे आग्रह गर्नुभएको हाे । राष्ट्रिय सभा सदस्य डा. पौड्यालले मिटरब्याजीहरुलाई राजनीतिक दलका कार्यकर्ताले संरक्षण गरिरहेको भनेर पीडितहरुले भनेका भन्दै त्यसरी संरक्षण नगर्न आग्रह गर्नुभयो ।

उहाँले मिटरब्याजीहरुलाई दलका कार्यकर्ताले संरक्षण गरे, नगरेको विषयमा दलहरु बोल्नुपर्ने बताउनुभयो।उहाँले दलहरुले आफ्ना मतदाता र समर्थकबाट मिटरब्याजीको संरक्षण हुन दिनु नहुने बताउनुभयो ।त्यसैगरी उहाँले मिटरब्याज पीडितहरुलाई खुलामञ्चमा बस्न नदिइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो।

मिटरब्याज गैरकानूनी भएको भन्दै त्यसका विषयमा जनचेतना जघाउनुपर्ने डा. पौड्यालले बताउनुभयो ।