Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


मिटरब्याजी पीडितलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु हुँदैन : महामन्त्री शर्मा


91
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरुलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु नहुने बताउनुभएको छ ।

बुधबार भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजी पीडितहरुले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेकाले १३ दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकलाई अविलम्व भेट गर्नु पर्ने बताउनु भएको हो ।

महामन्त्री शर्माले पीडितलाई प्रधानमन्त्रीले भेट गर्नु भनेको उनीहरुको मुद्दा सम्बोधनको प्रक्रिया सुरू हुनु रहेको बताउनुभयो । उहाँले मिटरब्याजी पीडितहरुले उठाएका मुद्दाहरुको सम्बोधनका लागि आवश्यक कानून निर्माण गर्न र संसदमा छिटो भन्दा छिटो कानूनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले मिटरब्याजी पीडितहरु कुनैपनि राजनीतिक दलको छत्रछायाँमा रहेको भएपनि उनीहरुको माग सम्बोधन गर्नु सरकारको दायित्व भएको बताउनुभयो ।

महामन्त्री शर्माले वर्तमान अवस्थामा लोकतन्त्र भनेको कतिले बोल्न पाए भन्ने नभइ बोलेका कुरा राज्यले कति सम्बोधन गर्‍यो भन्नेकुरा मुख्य रहेको उल्लेख गर्नुभयो ।

Skip This