१८ जेष्ठ २०८०, बिहिबार | Thu Jun 1 2023


भोलि मन्त्रिपरिषद् विस्तार हुँदै, कुन दलले कति मन्त्रालय पाए ?


286
Shares

काठमाडौं । दश दलीय सत्ता गठबन्धनमा बिहीबार मन्त्रिपरिषद् विस्तार गर्न तयारी भएकाे छ । स्राेतका अनुसार मन्त्रालय सङ्ख्याबारे लगभग सैद्धान्तिक सहमति जुटकाे छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न बसेको बैठकले मन्त्रालय सङ्ख्याबारे सैद्धान्तिक सहमति गरेकाे हाे ।जसपाका नेता राजेन्द्र श्रेष्ठले भोलि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको जानकारी दिनुभयाे ।

स्राेतका अनुसार गठबन्धन बैठकमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।