१८ जेष्ठ २०८०, बिहिबार | Thu Jun 1 2023


उपेन्द्र यादवको बारा २ मा उपनिर्वाचन लड्न एकल नाम सिफारिस


13
Shares

जनकपुरधाम । उपनिर्वाचन हुने बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवकाे एकल नाम सिफारिस भएकाे छ ।

स्राेतका अनुसार आज बसेको जसपा क्षेत्रीय समितिको बैठकले अध्यक्ष यादवलाई उम्मेदवार सिफारिस गरेको हो ।

बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र खाली भएकाले उपनिर्वाचन हुन लागेकाे हाे। उपनिर्वाचन वैशाख १० गते तोकिएको छ ।