Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


राहुल गान्धीलाई सरकारी निवास छाड्न लोक सभाकाे आदेश


169
Shares

एजेन्सी । भारतीय कंग्रेस आईका नेता राहुल गान्धीलाई भारतीय संसद लोकसभाले सरकारी निवास खाली गर्न आदेश दिएको छ ।

लोकसभाको हाउजिङ कमिटीले सोमबार गान्धीलाई सरकारी निवास खाली गर्न सूचना जारी गरेकाे हाे।लोकसभाको सांसद सूची रहेको वेबसाइटबाट नाम हटाउँदै गान्धी निर्वाचित भएकाे क्षेत्र वायनाडलाई रिक्त घोषित गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

गान्धीको सो निर्वाचन क्षेत्र खाली भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचन घोषणा गर्ने तयारी सुरु गरेको छ । कांग्रेस नेता गान्धीलाई गत बिहीबार सुरतको एक अदालतले ४ वर्ष पुरानो मानहानीको मुद्दामा २ वर्षको जेल सजाय र १५ हजार जरिवानाको फैसला सुनाएको थियाे ।