Logo १ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026


आजदेखि सूर्य नेपाल च्यालेन्ज


195
Shares

काठमाडौं । सूर्य नेपाल गल्फ टुर अन्तर्गतको छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज मंगलबारदेखि राजधानीमा हुँदैछ ।

प्रोफेसनल गल्फर एसोसिएसन नेपालको आयोजनामा रोयल नेपाल गल्फ क्लबमा हुने चार दिने प्रतियोगिता ७२ होलको हुनेछ ।

प्रतियोगितामा ३० प्रोफेसनल र आठ एमेच्योर गरी कुल ३८ खेलाडीले सहभागिता जनाउने एसोसिएसनका महासचिव दीपक आचार्यले बताउनुभयो ।

प्रतियोगितामा साविक विजेता भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, रवी खड्का, राम मगर, सुवास तामाङ, सद्भाव आचार्य लगायतका खेलाडीले सहभागिता जनाउनेछन् । नेपालका नम्बर एक शुक्र राई भने भारतमा रहेका कारण प्रतियोगिता गुमाउने छन् ।

प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ६५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी तेस्रोदेखि दशौं स्थान हासिल गर्नेले क्रमशः ४६, ३८, ३४, ३०, २७, २४, २२ र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसबाहेक शीर्ष २१ मा पर्नेले समेत नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा हरेक दिन १८ होलको खेल हुनेछन् ।