Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


देशका अधिकांश भागमा मेघगर्जन-चट्याङसहित वर्षा हुने


104
Shares

काठमाडाैं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

मंगलबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको छ। त्यस्तै, गण्डकी प्रदेशको पहाडी भू-भागको केही स्थानहरुमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो भने कर्णाली, सुदूरपश्चिम प्रदेश र बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहने छ। त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

मंगलबार राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ । त्यस्तै, देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ ।