
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच साेमबार भेटवार्ता भएको छ ।
साेमबार बिहान प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा दाहाल र घिमिरेबीच भएकाे भेटवार्तामा सदनका कामकारबाहीलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हाे । सभामुखको तजबिजी अधिकार कटौती गर्ने सत्ता गठबन्धनको तयारीका बारेमा सभामुख घिमिरेले चासो राखेको र त्यसैमा छलफल केन्द्रित भएको बालुवाटार स्रोतले बताएकाे छ ।
यहि चैत ६ गते प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावली २०७९ को मस्यौदा प्रतिवेदन पेश भएको थियो । त्यसमा १५ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । जसमा सभामुखका अधिकार कटौती गर्ने’ संशोधन प्रस्ताव सत्तारुढ दलहरुका सांसदहरुले राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्