 
	    काठमाडौं । आगामी बैशाख ३० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ वटा दल दर्ता भएका छन् ।
केही दिनअघि आयोगले दल दर्ताका लागि आह्वान गरेको थियो । उप निर्वाचनका लागि २६ वटा दल दर्ता भएको आयोग प्रवक्ता शालिकराम शर्माले जानकारी दिनुभयो ।
तनहुँ क्षेत्र नम्बर १, बारा क्षेत्र नम्बर २ र चितवन क्षेत्र नम्बर २ मा बैशाख १० गते उप निर्वाचन हुँदैछ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित हुनुभएको थियो । तर, नागरिकता प्रकरणमा दोषी पाइएपछि उहाँको सांसद पद खारेज भएको थियो ।
उक्त निर्वाचन क्षेत्रमा फेरि लामिछानेले नै उम्मेदवारी दिने तयारी गर्नुभएको छ । यस्तै, तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि र बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टीका रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यी क्षेत्र रिक्त छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्