 
	    काठमाडौं । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल (पार्वती)ले देशको स्वास्थ्य प्रणाली व्यवस्थित नरहेको बताउनुभएको छ ।
आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको स्वास्थ्य प्रणाली चिन्तजनक रहेको बताउनुभयो । उहाँले एउटा अस्पतालबाट अर्को अस्पताल धाउँदा एम्बुलेन्सभित्र नै बिरामीले ज्यान गुमाउनुपर्ने बाध्यता सिर्जना भएको बताउनुभयो ।
उहाँले स्वास्थ्य प्रणाली व्यवस्थित नहुँदा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, संघीयता, तीन तहका सरकारहरुको उपलब्धि नदेखिएको बताउनुभयो । सांसद थापाले तीन तहका सरकारहरुको बीचमा समन्वय र सहकार्य नहुँदा नागरिकहरुले दुःख पाइरहेको बताउनुभयो ।
उहाँले संघीय सरकार अन्तर्गतका अस्पतालहरु पनि नागरिकमैत्री बन्न नसकेको बताउनुभयो । अस्पतालहरु बिरामीमैत्री नभएकाले दीर्घकालीन रोगहरुको चाप बढेको बताउनुभयो ।
सांसद थापाले बिरामीहरु तहगत सरकार र निकायहरुमा जाँदा बिरामीमैत्री व्यवस्था हुन नसकेको बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्