१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान


689
Shares

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा एक कार्यक्रम आयोजित गरी उहाँलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

उहाँलाई गृहसचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई सरकारले गत शुक्रबार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

उहाँले आजै कार्यभार सम्हाल्नु हुने बताइएको छ ।

यसअघि धिरजप्रताप सिंहले ३० वर्षे सेवाहदका कारण शुक्रबारदेखि महानिरीक्षकबाट अवकाश पाउनु भएको थियो ।