२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


बेलारुसमाथि स्वीट्जरल्यान्डको सानदार जित


338
Shares

एजेन्सी । युरोकप फुटबल छनौटमा स्वीट्जरल्यान्डको सानदार जित निकालेको छ ।

शनिबार राति भएको समूह ‘आई’ को खेलमा स्वीट्जरल्यान्डले बेलारुसमाथि ५–० को सानदार जित निकालेको हो ।

खेलको चौथो मिनेटमा रेनाटो स्टेफेनले गोल गर्दै स्वीट्जरल्यान्डलाई सुरूवाती अग्रता दिलाएका थिए । १७ औं मिनेटमा स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए । यसैगरी, २९औं मिनेटमा स्टेफेनले ह्याट्रिक पूरा गर्दै स्वीट्जरल्यान्डलाई ३–० को अग्रता दिलाएका थिए । ६२ औं मिनेटमा ग्रानिट झाँकाले गोल गर्दै स्वीट्जरल्यान्डलाई ४–० को अग्रता दिलाए । त्यसपछि, ६५ औं मिनेटमा जेकी एमडोउनीले गोल गर्दै स्वीट्जरल्यान्डलाई ५–० को जित दिलाए ।

यहि समूहका अर्को खेलमा रोमानियाले एन्डोरालाई २–० ले पराजित गरेको छ । यस्तै, अर्काे खेलमा इजरायल र कोसोभोले १–१ गोलको बराबरी खेलेका छन् ।