१८ जेष्ठ २०८०, बिहिबार | Thu Jun 1 2023


मुख्य पेसा अझै कृषि तर अधिकांश वस्तु आयात


104
Shares

काठमाडौं । कुल जनसंख्याको ५७ प्रतिशत कृषिमा आश्रित भएको मुलुकको अधिकांश कृषिउपज आयातमा निर्भर छ ।

पछिल्ला जनगणनाका तुलनामा कृषिमा आश्रित जनसंख्या कम भए पनि आधाभन्दा धेरै नेपालीको मूल पेसा अझै कृषि नै छ । तर नेपाली भान्सामा आयातीत कृषिउपजको हिस्सा धेरै हुने गरेको छ ।

केन्द्रीय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार अझै पनि ५७.३ प्रतिशत जनसंख्या कृषि क्षेत्रमा आश्रित छन् ।

यो पछिल्लो गणनाको तुलनामा ८.३ प्रतिशतले कम हो । तर यति धेरै जनसंख्या कृषिमा आबद्ध भए पनि मुलुक कृषिमा क्रमश: परनिर्भर बनदै गएको छ । सेवा र उद्योग क्षेत्रमा आकर्षण बढ्दै गएको तर कृषिमा नाफा कम भएका कारण आबद्धता घट्दै गएको हो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।