
काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ गठबन्धन मन्त्रालय बाँडफाँड गर्न नसक्ने अवस्थामा पुगेको दावी गर्नुभएको छ ।
आज जनकपुरमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा उहाँले सत्तारुढ गठबन्धन अन्तर विरोधमा फसेको र यसले मुलुकको कुनै समस्या समाधान गर्न नसक्ने बताउनुभयो ।
सत्तारुढ गठबन्धनको ध्यान सरकार टिकाउनेमा सीमित रहेकाले यसले देश र जनताको समस्या समाधान गर्नै नसक्ने उपाध्यक्ष पौडेलको तर्क थियो ।
उपाध्यक्ष पौडेलले राजस्वले मुलुकको साधारण खर्च धान्न नसक्ने अवस्था आउँदा पनि सरकार गम्भीर नभएको आरोप लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्