
हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गर्नुभएकाे छ ।
सरकारलाई समर्थन गरेका दलहरुले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले दोस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएकाे हाे ।
उहाँलाई माओवादी केन्द्रसहित नेपाली कांग्रेस, एकिकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिएको प्रदेशसभाकाे सचिवालयले जनाएकाे छ ।
जम्मकट्टेललाई ६७ जनाले ले विश्वासको मत दिएका छन भने विपक्षमा १७ मत आएको छ । त्यस्तै एमालेले आजै सरकारबाट राजीनामा दिएर बाहिरिन लागेकाे हाे ।
प्रतिक्रिया दिनुहोस्