२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


आशा लघुवित्त वित्तीय संस्थाद्वारा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे प्रशिक्षण


0
Shares

काठमाडाैं । आशा लघुवित्त वित्तीय संस्थाले विद्यार्थीहरुकाे लागि वित्तीय साक्षरताकाे जनचेतना अभियान सञ्चालन गरेकाे छ ।

लघुवित्तले आज शुक्रबार एक कार्यक्रमकाे आयाेजना गरी विद्यार्थीहरुलाई वित्तीय साक्षरता लागि जनचेतना अभियान सञ्चालन गरेकाे हाे ।

विश्व वित्तीय सप्ताह–२०२३ अन्तरगत लघुवित्तले विद्यार्थीहरुकाे लागि वित्तीय साक्षरताकाे जनचेतना अभियान सञ्चालन गरेकाे संस्थाका शाखा प्रमुख बिरेन्द्र चौधरीले जानकारी दिनु भयाे ।

श्री सिम्हा माध्यमिक विद्यालय बारबर्दियाका विद्यार्थीहरुलाई वित्तीय साक्षरता लागि जनचेतनामुलक जानकारी दिइएकाे छ ।

कार्यक्रममा संस्थाका अनुगमन अधिकृत राजेश भण्डारीले विद्यार्थीहरुलाई प्रशिक्षण दिनु भएकाे थियाे ।

उहाँले जीवन चक्रमा आइपर्ने अनुमान गर्न सकिने जस्तै बालबच्चाको पढाई, घर बनाउने सम्पत्ति खरिद आदि र अनुमान गर्न नसकिने जस्तै बिरामी, दुर्घटना, प्राकृतिक प्रकोप आदि विभिन्न आवश्यकता तथा चाहना पुरा गर्नका लागि पैसाको
व्यवस्थापन कसरी गर्ने बारे जानकारी दिएका थिए ।

उहाँले वित्तीय साक्षरता समुदायका प्रौढ, युवा तथा बालबालिका, आम्दानी भएका, आम्दानी नभएका सबै वर्गका लागि आवश्यक रहेकाेप्रति जाेड दिएका थिए ।

कार्यक्रममा कक्षा ११/१२ का करिब एक सय विद्यार्थीकाे सहभागिता रहेकाे थियाे ।

त्यस्तै कार्यक्रममा संस्थाका कर्मचारी सोम प्रसाद थारु, नेत्र प्रसाद ओझा र विद्यालयका उपप्रधानाध्यापक बुद्धिराम चौधरीकाे सहभागिता रहेकाे थियाे ।