९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


कन्चनपुरमा किशोरी बलात्कारको आरोपमा एकजना पक्राउ


0
Shares

कन्चनपुर, भदौ १६ । कन्चनपुरको बेलडाँडी गाउँपालिका–१ का अन्दाजी १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले शनिबार एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरकाअनुसार पक्राउपर्नेमा सोही ठाउँका मानबहादुर विष्ट रहेका छन् ।

पक्राउ परेका विष्टलाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।

गत बिहीबार राति २ बजे किशोरीको घरमा पूजापाठ भइरहेका बेला मोटरसाइकलमा आएका दुईजनाले उनलाई सडकमा बोलाइ लगेका थिए ।

शुक्रबार किशोरीलाई जवदिया भन्ने स्थानबाट प्रहरीले उद्धार गरेको थियो ।

बलात्कारमा संलग्न अर्का एकजनाको प्रहरीले खोजी गरिरहेको छ ।

किशोरीको स्वास्थ्य परीक्षणलगायतका कार्य सम्पन्न गरी अनुसन्धानको कार्य जारी रहेको बताइएको छ । रासस