काठमाडौं, भदौ १६ । विश्व कला परिषद एसिया प्रशान्त क्षेत्रको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
विश्व कला परिषद विश्वभरिका हस्तकला तथा शिल्पकलाका कलाकारहरुको साझा संगठन हो ।
बिहीबारदेखि काठमाडौंमा आयोजना गरिएको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन शनिबार सकिएको आयोजक नेपाल हस्तकला महासंघले जनाएको छ ।
एसिया प्रशान्त क्षेत्रका शिल्पको संरक्षण, प्रवद्र्धन र कलाकारहरुको जीवनस्तर उकास्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको थियो ।
सम्मेलन स्वदेशी तथा विदेशी कला, शिल्प तथा प्रविधिको आदान–प्रदान, नेपालको पर्यटकीय, सांस्कृतिक एवं ऐतिहासिक धरोहर तथा आकर्षणहरुको अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न सफल भएको महासंघले जनाएको छ ।
सम्मेलनमा नेपालसहित चीन, भारत, कुवेत, बंगलादेश, अष्ट्रेलिया, उज्वेकिस्तान, मलेसिया, इन्डोनेसिया, थाइल्यान्डलगायत ४५ देशका करिब १०० जना प्रतिनिधिहरुको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्