
काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता समीकरण देश र जनताको हितमा नभएको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेपालको अर्थ व्यवस्थाले समेत अहिलेको समीकरणलाई नरुचाएको बताउनुभयो ।
सकारात्मक दिशातर्फ अगाडि बढिरहेको सत्ता नाटकीय रुपमा पुरानै समीकरणतर्फ फर्किने खेल भएको आरोप लगाउनुभयो ।
देशभक्त राजनीतिक शक्तिलाई सरकारबाट बाहिर राख्न चाहने भित्री र बाहिर तत्वको अन्त्य नभए सम्म मुलुकको हित नुहने दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्