Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


‘हनी ट्रयाप’मा पारेर भारतीय नागरिकलाई लुटपाट गर्ने ६ जना पक्राउ


650
Shares

काठमाडौं । हनी ट्रयापिङमा पारेर भारतीय नागरिकलाई लुटपाट गरेकाे अभियाेगमा ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–९ घर भइ काठमाडौं कलंकी बस्दै आएका २२ वर्षीय राजेश पुरी, मन्थली नगरपालिका–९ घर भइ कलंकी नै बस्दै आएका २२ वर्षीय सुजन गिरी, रसुवाको नौकुण्ड गाउँपालिका–५ घर भइ काठमाडौं स्वयम्भू बस्दै आएका २९ वर्षीय च्याङबा दार्जे थिङ, मुगुको सोरु गाउँपालिका–८ घर भइ काठमाडौं चन्द्रागिरि नगरपालिका–६ बस्ने ३२ वर्षीय धीरबहादुर शाही, काभ्रेपलान्चोकको रोशी गाउँपालिका–१ घर भइ स्वयम्भू बस्दै आएका २५ वर्षीय कृष्ण सुनार र बाजुराको बूढीनन्दा नगरपालिका–५ घर भइ काठमाडौं कीर्तिपुर बस्ने २९ वर्षीय पवनबहादुर मल्ल रहेका छन्।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले भारतीय नागरिकलाई बन्धक बनाएर लुटपाट गरेकाे अभियाेगमा उनीहरुलाई पक्राउ गरेको हाे । प्रहरीले भारतीय नागरिकलाई ‘हनी ट्रयाप’ शैलीमा बन्धक बनाएर लुटपाट गरेको अनुसन्धानबाट खुलेकाे जनाएकाे छ ।

युवती मिलाइदिने भन्दै प्रलोभन देखाएर ‘हनी ट्रयाप’मा पार्दै उनीहरूले भारतीय नागरिकलाई बन्धक बनाएर लुटपाट गरेको महानगरी प्रहरी कार्यालय काठमाडाैँले जनाएकाे छ ।

उनीहरूले ठमेलबाट भारतीय नागरिक प्रशान्त कुमार, हरिश पाल बाब्बरसहित ५ जनालाई हनी ट्रयापमा पारी ट्याक्सीमा राखेर मीत्रनगरस्थित रातो पच्छ्यौरी दोहोरीमा पुर्‍याई कोठामा बन्धक बनाएर लुटपाट गरेकाे अनुसन्धानबाट खुलेकाे हाे ।

भारतीय नागरिकको साथमा भएको ५८ हजार भारु र ५ लाख ५४ हजार नेपाली रुपैयाँ उनीहरूले लुटेको पाइएको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ।

Skip This