१८ जेष्ठ २०८०, बिहिबार | Thu Jun 1 2023


लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै


182
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को कार्यकारिणी समितिको बैठक बिहीबार बस्दैछ ।

बैठक पार्टीको केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो १ बजे बैठक बस्नेछ ।

बैठकमा वैशाख १० मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन, सरकारमा सहभागिता र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने एक नेताले जानकारी दिनुभयो ।

बैठकमा बारा–२ मा हुन गइरहेको उपनिर्वाचनका लागि सत्ता गठबन्धनमा एक मात्र साझा उम्मेदवार बनाउने सहमति भएमा लोसपाले उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा छलफल हुने जनाइएको छ । बारा–२ मा पार्टीले नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।