
फाइल तस्बिर
काठमाडौं । सत्ता गठबन्धनको बैठकमा चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । बुधबार साँझ बालुवाटारमा बसेको बैठकमा सो सहमति भएको बताइएकाे छ । स्राेतका अुनसार भागबन्डाबारे भने छलफल भएको छैन।
‘समसामयिक विषयमा छलफल भएको छ । सरकार विस्तारबारे छलफल भएको छ । कुन पार्टीले कति मन्त्रालय पाउने भन्नेबारे छलफल हुन बाँकी छ । चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्नेबारे सबै दल सहमत छौँ,’ स्राेतले भन्याे ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागी रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्