Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


कृषकद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र


104
Shares

काठमाडाैं । अर्घाखाँचीमा संयुक्त किसान संघर्ष समितिले आफ्ना माग तत्काल सम्बोधन गराउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी मिना अर्यालमार्फत ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले किसानका मागलाई प्रधानमन्त्री समक्ष पठाउने बताउनुभयो ।

संयुक्त संघर्ष समितिले किसानलाई गुणस्तरीय मल बिउ अविलम्ब उपलब्ध गराउनुपर्ने, भुमि बैंक खारेज, कृषिमा विदेशी लगानी निषेध, मिटर ब्याजीलाई कारबाही लगायतका मागसहित ध्यानाकर्षण पत्र बुझाएको संघर्ष समितिका सदस्य जिवनारायण खनालले बताउनुभयो ।