१८ जेष्ठ २०८०, बिहिबार | Thu Jun 1 2023


एक वर्षमा खराब कर्जा दोब्बर


325
Shares

काठमाडौं । पछिल्लो एक वर्षमा वाणिज्य तथा विकास बैंकहरुको खराब कर्जा दोब्बरभन्दा धेरैले बढेको छ ।

चालु आर्थिक वर्षको माघ महिनाको आर्थिक विवरणलाई गत आवको माघसँग तुलना गर्दा खराब कर्जा दोब्बरभन्दा धेरै देखिएको हो । गत असारकै तुलनामा पनि माघमा बैंकहरुको खराब कर्जा अत्याधिक बढेको हो ।

राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा १.२० प्रतिशत रहेको बैंकहरुले खराब कर्जा माघमा आउँदा २.४९ प्रतिशत पुगेको छ ।

यस्तै, गत असारमा १.३६ प्रतिशत रहेको विकास बैंकको खराब कर्जा माघमा २.८२ प्रतिशत पुगेको छ । फाइनान्सहरुको खराब कर्जा ६.२३ प्रतिशतबाट बढेर ७.८२ प्रतिशत पुगेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।