 
	    विवेक भण्डारी (इमेज)
नवलपुर, भदौ १६ । गिद्ध आफैंले शिकार नगरी केवल मरेका प्राणीको सिनोमात्र खाने भएकाले वातावरणलाई प्रदूषण र दुर्गन्धरहित बनाउन यसको भूमिका महत्वपूर्ण रहेको गिद्ध संरक्षणकर्मीहरुले बताएका छन् ।
१०औं विश्व गिद्ध संरक्षण चेतना दिवसको अवसर पारेर शनिबार नवलपुरको कावासोतीमा आयोजित कार्यक्रममा बोल्ने गिद्ध संरक्षणकर्मीहरुले यस्तो बताएका हुन् ।
कावासोती नगरपालिका–१३ मा गिद्ध संरक्षण गर्दै आएका डीबी चौधरीले एउटा गिद्धले एक वर्षमा औसतमा १२० किलो सिनो खाएर वातावरण सफा राख्न मद्दत गर्ने भन्दै स्वच्छताका लागि गिद्धको संरक्षण गर्नुपर्ने बताए ।
कावासोती–१३ मा उनले जटायु रेस्टुरेन्ट सन्चालन गर्दै आएका छन् ।
सिनोको कुशलतापूर्वक छोटो समयमै दोहन गर्ने गिद्धले भुस्याहा कुकुर, स्याल, मुसा र झिँगाको संख्यामा हुने वृद्धिलाईसमेत न्यूनीकरण गर्ने उनको भनाइ थियो ।
लोपोन्मुख अवस्थामा पुगेका गिद्धलाई विषादीरहित आहार उपलब्ध गराइ गिद्ध बचाउने अभियानअन्तर्गत् नेपालमा सर्वप्रथम सन् २००६ मा नवलपरासीको पिठौलीमा समुदायद्वारा सन्चालित विश्वकै पहिलो जटायु रेस्टुरेन्ट स्थापना गरिएको हो ।
सन् २०१७ को तथ्यांकअनुसार त्यहाँ ८ प्रजातिका २०३ ओटा गिद्धहरु रहेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्