२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


स्ववियु निर्वाचनः श्रीकोटमा अनेरास्ववियुको प्यानलै विजयी


624
Shares

बैतडी । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्र्तगतको श्रीकोट बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुको प्यानलै विजयी भएको छ ।

अनेरास्ववियुका शम्भु गिरी २९ मतान्तरले सभापति विजयी भएका छन् । गिरीले ९२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी अखिल क्रान्तिकारी लोकबहादुर कार्कीले ६३ मत मात्रै प्राप्त गरे । यस्तै सचिवमा अनेरास्ववियुका रमेश भट्टले ९६ मत ल्याउदा नेविसंघकी द्रोपती भट्टले ५४ मत मात्रै प्राप्त गरिन् ।

यस्तै अनेरास्ववियुकै कोषाध्यक्षमा सुनिता जोशी ९४, सदस्यमा उमेश भट्ट ८८, पुष्पा कार्की ९३, सिर्जना लुहार ९५ मत ल्याएर विजयी भए । समानुपातिकतर्फको मतपरिणाम अनुसार अनेरास्ववियुले ८५, नेविसंघले ३५ र अखिल क्रान्तिकारीले ३४ मत प्राप्त गरेका छन् ।

कुल दुई सय ११ मतदाता रहेको यस क्याम्पसमा १६० मत खसेका थिए । जसमा ६ मत बदर भएका निर्वाचन अधिकृत बहादुर खातीले जानकारी दिनुभयो । यहाँ नेविसंघ र अखिल क्रान्तिकारीले तालमेल गरेर निर्वाचनमा होमिएका थिए ।