काठमाडौं, भदौ १६ । काठमाडौंमा अष्ट्रेलिया, अमेरिकालगायत देशमा उच्चशिक्षा अध्ययन गर्न जानेका लागि लक्षित गरी शनिबार एकदिने शैक्षिक मेलाको आयोजना गरिएको छ ।
उच्चशिक्षा अध्यापनको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेला आयोजना गरिएको हो ।
मेलामा अमेरिका, अष्ट्रेलियालगायत देशमा उच्चशिक्षा हासिल गर्नका लागि परामर्श दिइयो ।
विद्यार्थी र अभिभावकले मेलामा सबै देशको शिक्षा नीति, प्रक्रिया, शुल्क, बसाइँ तथा रोजगारीकाबारेमा जानकारी लिएका थिए ।
नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर वडले उद्घाटन गरेको शैक्षिक मेलाको आयोजना ड्रिम अफ एजुकेसन कन्सल्टेन्सीले गरेको हो ।









प्रतिक्रिया दिनुहोस्