Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


बिहारसहित अन्य राज्यमा विद्युत निर्यातको बाटो खुला


377
Shares

काठमाडौं । नेपाल भारत विद्युत आदानप्रदान समितिको बैठकले बिहार राज्यको प्रसारण ग्रिडमार्फत नेपालले अन्य राज्यमा विद्युत निर्यातका लागि मोडालिटी तय गर्ने निर्णय गरेको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न समितिको १४ औं बैठकले बिहार राज्यको ग्रिड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रिडमार्फत अन्य राज्यमा नेपालले गर्ने विद्युत निर्यातको मोडालिटी एक महिनाभित्रमा तय गर्ने निर्णय गरेको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको केन्द्रीय विद्युत प्राधिकरणका विद्युत प्रणाली सदस्य अशोक कुमार राजपूतको सहअध्यक्षतामा बैठक बसेको थियो ।

‘नेपालले बिहारसँग प्रसारणलाइन जोडिएका बिन्दुबाट भारतको केन्द्रीय ग्रिडसँग जोडिएर विद्युत निर्यात गर्नेछ । यसका लागि एक महिनाभित्र दुवै पक्षले मोडालिटी टुंगो लगाउने छन् । यसबाट वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत बिक्रीका लागि थप बजार सुनिश्चित भएको छ,’ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।