 
	    सिन्धुली । सिन्धुली जिल्ला अस्पतालमा हेमोडायलिसिस सेवा निःशुल्क रुपमा संचालन गरिएको छ ।
बागमती प्रदेश सरकारले ५ वटा डायलिसिस मेसिन र उपकरण उपलब्ध गराएपछि आवश्यक तयारी तथा व्यवस्थापन र प्रक्रिया अस्पताल विकास समितिले पूरा गरेर सेवालाई प्रभावकारी बनाएको हो । सोही सेवा सबै मृगौलाका बिरामीले सिन्धुलीमाडीमा रहेकाे कोभिड अस्पतालबाट पाउने भएका छन् ।
सिन्धुली अस्पतालले विगतमा संचालित कोभिड अस्पताललाई हेमोडायलिसिस युनिटको रुपमा संचालन गरेसँगै मृगौलाका बिमारीले उपचार पाएका छन् । सोही सेवा सुरुवात सिन्धुलीमै गरिएपछि सेवाग्राहीको संख्या बढेर गएको सिन्धुली अस्पतालले जनाएको छ ।
बागमती प्रदेश सरकार र सिन्धुली अस्पताल विकास समितिको संयुक्त लगानीमा उक्त सेवा थालिएको हो । हेमोडायलिसिस सेवा सूचिकृतको लागि प्रक्रिया अगाडि बढाई सकिएको छ।
वीपी, पुष्पलाल र मदन भण्डारी राजमार्गको केन्द्रमा रहेको सिन्धुलीमा तराईका सर्लाही, महोत्तरी, रौतहट, धनुषाको उत्तरी भेगका साथै रामेछाप, दोलखा र ओखलढुंगा लगायतका जिल्लाका डायलिसिस गर्नुपर्ने बिरामीलाई सेवा लिनको लागि काठमाडौंसम्म जानु पर्ने बाध्यताकाे अन्त्य हुने सिन्धुली अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. उमेश प्रधानले बताउनुभयाे ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्