२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


नेपाल र भारतका राष्ट्रपतिबीच टेलिफोन वार्ता


676
Shares

काठमाडाैं । भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसँग टेलिफोन वार्ता गर्नुभएकाे छ।आज साँझ उहाँहरुबीच टेलिफोन वार्ता भएकाे भारतकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

हाल केरला भ्रमणमा रहनुभएका राष्ट्रपति मुर्मुले नेपालका राष्ट्रपति पौडेललाई फोन गरी नेपालको राष्ट्रपतिको कार्यभार सम्हालेकोमा बधाई दिनुभएको छ ।

दुवै जनाबीच दुवै देशकाे अनुपम र बहुआयामिक सम्बन्धकाे बारेमा चर्चा भएकाे थियाे ।

उहाँहरुले द्विपक्षीय सहयोगलाई अझ अगाडि बढाउने र हाम्रा दुई देशका जनताबीचको मित्रताको बलियो बन्धनलाई थप सुदृढ गर्ने उपायहरूबारे पनि छलफल गर्नुभएकाे थियाे ।

राष्ट्रपति पौडेलको नेतृत्वमा भारत–नेपाल द्विपक्षीय सम्बन्ध थप उचाइमा पुग्ने राष्ट्रपति मुर्मुले विश्वास व्यक्त गर्नुभयाे ।