४ असार २०८२, बुधबार | Wed Jun 18 2025


उपराष्ट्रपति चुनावको मतदान सकियो, केही बेरमा मतगणना हुने


286
Shares

काठमाडाैं । उपराष्ट्रपति निर्वाचनको मतदान सकिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार केही बेरमा मतगणना शुरू हुनेछ।

कूल ८८२ मतदातामध्ये ८२९ जनाले मतदान गरेका छन्। जसमा संघीय संसद्का ३३४ जनामध्ये ३११ र प्रदेश सभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका हुन्।

आज बिहान १० बजेदेखि शुरू भएको मतदान अपराह्न ३ बजेसम्म चलेको हो।

उपराष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र नेपाल मजदुर किसान पार्टीका एक गरी १५ सङ्घीय सांसदले मतदान गरेनन्।

उपराष्ट्रपति निर्वाचनमाजसपाबाट रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झाले दिएका उम्मेदवारी छन् । यस्तै एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार दिनुभएकाे छ ।