
काठमाडौं । नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी छ । यसैबीच, मध्यान्ह १२ बजेसम्म ५ सय ९५ जनाले मत खसालेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार प्रदेशतर्फ २ सय १२ र संघतर्फ ३ सय ८३ मत खसेको छ ।
उपराष्ट्रपति निर्वाचनमा ३ सय ३२ संघीय संसदका सदस्य र ५ सय ५० प्रदेश सभाका सदस्य मतदाता हुनुहुन्छ ।
उपराष्ट्रपति निर्वाचनका लागि शुक्रबार बिहान १० बजेदेखि नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मतदान सुरु भएको हो । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।
निर्वाचनको मतपरिणाम शुक्रबार साँझ नै सार्वजनिक हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्