४ असार २०८२, बुधबार | Thu Jun 19 2025


जसपाले गर्‍याे मञ्जु अन्सारीलाई समानुपातिक सांसदमा सिफारिस


910
Shares

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ ।

आज बसेको पार्टीको कार्यकारिणी समिति बैठकले अन्सारीलाई सांसद बनाउने निर्णय गरेको पार्टी प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो ।

पार्टीका तर्फबाट समानुपातिक सांसद शहनाज रहमानको गत फागुन १३ मा निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान खाली थियो ।

रिक्त पदमा मुस्लिम कल्सटरको दोस्रो स्थानमा रहनुभएकी अन्सारीलाई सांसद बनाउन सिफारिस गर्ने पार्टीले निर्णय गरेको हो । उनी सप्तरी निवासी हुन् ।