
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा बिहीबारबाट पाँचौं चरणका खेलहरु सुरु हुँदैछन् ।
पाँचौं चरणको पहिलो दिन बिहीबार दुई खेल हुनेछ ।
च्यासल मैदानमा हुने खेलमा एफसी खुमलटार र सातदोबाटो युथ क्लबबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुनेछ ।
खुमलटार तेस्रो जितको खोजीमा हुनेछ भने सातदोबाटो खुमलटारलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।
यस्तै, एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच पनि दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुनेछ ।
दुवै टिम दोस्रो जित निकाल्ने योजनामा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्