२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


‘उत्साहित नबनौं, सम्हालिएर खेले सुखद् नतिजा आउनेछ’ : पूर्व क्रिकेटर गौचन


3.003k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्वखेलाडी शक्ति गौचनसँग नेपालले बिहीबारको खेलमा धेरै उत्साहित हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले सम्हालिएको प्रदर्शन र विगतका खेलहरुलाई निरन्तरता दिए बिहीबार पनि नेपालले सुखद् नतिजा निकाल्ने दाबी गर्नुभयो ।

पूर्वक्रिकेटर गौचनले नेपाली टिम यति धेरै सफलताको शिखर चुम्न सक्नुमा प्रशिक्षक र खेलाडीहरुको मेहनतका साथै खेलाडीहरुमा पछिल्लो समय देखिएको एकता नै रहेको बताए । उनले नेपालका खेलाडीहरुमा अनुभव पनि बढ्दै जाँदा नतिजा सोचेअनुसार नै आएको र प्रशिक्षक र कप्तानको योजना सफल बनिरहेको पनि बताए ।

पूर्वक्रिकेटर गौचनले सुखद् नतिजा निकाल्दै छनोट यात्रा तय गरेको अवस्थामा ट्वान्टी–२० पछिको सबैभन्दा यादगार क्षण हुने बताए ।

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा बिहीबार नेपालले युएईको सामना गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने घरेलु टोली र युएईबीचको खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ ।

बिहीबारको खेल जितेको खण्डमा नेपाल नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा रहेर जुन जुलाईमा जिम्बाबेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउँछ ।