
काठमाडौं । ललितपुरको चापागाउँमा रहेको आठौं शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धका दुई वटा मूर्ति चोरी भएको छ ।
चापागाउँस्थित पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गत सोमबार चोरी भएको स्थानीयको भनाइ छ । चार मूर्ति रहेको बुद्ध चैत्यमा यसअघि फागुन १७ मा पनि मूर्ति चोरी भएको उनीहरुले बताए ।
चैत्यमा राखिएको चार मूर्तिमध्ये तीन वटा चोरी भइसकेको श्रेष्ठको भनाइ छ । बुद्धको मूर्ति भएको स्तूपा भत्काएर चोरी गरिएका अवस्थामा सर्वसाधरणाले फेला पारेका छन् ।
यो चैत्य इस्वी संवत् ८२७ मा स्थापना गरिएको शिलालेखमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्