Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


फिल्म ‘दसरा’को ट्रेलर सार्वजनिक


663
Shares

एजेन्सी । दक्षिण भारतीय अभिनेता नानी र आभिनेत्री कीर्ति सुरेश अभिनीत फिल्म ‘दसरा’को ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक ट्रेलरमा नानीको एक्सनलाई देखाइएको छ । फिल्मको ट्रेलर हेरेपछि दर्शकले नानीको लुक फिल्म ‘पुष्पा’ को अभिनेता अल्लु अर्जुनसँग मिल्दोजुल्दो रहेको बताएका छन्।

आगामी ३० मार्च अर्थात चैत १६ गतेदेखि प्रदर्शन हुने यो फिल्मलाई लिएर भारतीय दर्शकमाझ निकै चर्चा छ । सथ्यान सूर्यानले छायांकन गरेको फिल्मलाई नविन नोलीले सम्पादन गरेका हुन्।

फिल्ममा नानी र र्कीतिसँगै समुथिराकानी, प्रकाश राज, राजेन्द्र, प्रसाद, रोशन माथे, साइ कुमारलगायत कलाकारको अभिनय रहेको छ।

श्रीकान्त उडेला लिखित तथा निर्देशित फिल्ममा सुधाकर चेरुकुरीको लगानी रहेको छ।