Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


निजी गाडी बने ‘सार्वजनिक’


5.5k
Shares

दार्चुला । जिल्लाको दोस्रो मुख्य ठूलो बजार तथा शैल्यशिखर नगरपालिकाको सदरमुकाम गोकुलेश्वर बजारमा रातो नम्बर प्लेटका निजी गाडीले सार्वजनिक यातायातले झै यात्रु ओसारपसार गर्न थालेका छन् ।

निजी सवारीसाधनले भाडाका यात्रु बोक्न नपाउने नियम छ । तर, गोकुलेश्वरमा रातो नम्बर प्लेटका निजी गाडीले भाडा लिई धमाधम यात्रु बोकिरहेका छन् ।

निजी जिपहरू गोकुलेश्वर बजारबाट यात्रु बोकेर झरकाँडा, बोहरीगाउँ, मार्मा, गन्ना, धुलीगडा, लेकमको रिठाचौपातलगायत जिल्लाका अन्य ठाउँमा जाने गरेका छन् । निजी जिपले सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको स्थानीयको भनाइ छ ।

सवारीको क्षमताअनुसार यातायात कार्यालयले सवारी अनुसार यात्रु बोक्ने क्षमताको स्वीकृति दिएको भए पनि गोकुलेश्वरबाट यात्रु बोकेर जिल्लाका अन्य ठाउँमा जाने रातो नम्बर प्लेटका जिपले क्षमताभन्दा बढी हुलका हुल यात्रु हालेर यात्रुलाई दुःख दिने गरेका छन् । भाडामा यात्रु बोक्ने सवारीसाधन फरक भए पनि रातो प्लेटले रिजर्भका नाममा यात्रुलाई लुट्नसम्म लुटेका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।