Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


गाउँका मुखियालाई कानुन सिकाउँदै प्रहरी


0
Shares

मुस्ताङ, भदौ १६ । हिमालपारीको जिल्ला मुस्ताङमा शदियौंदेखि चलिआएको मुुखिया प्रथा रुपान्तरणको क्रममा रहेको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले भदौ १ गतेदेखि लागु भएको परिवर्तित नयाँ मुलुकी ऐन २०७५ बारे तीन स्थानीय तहका गाउँका मुखियालाई सचेतनामुलक अन्तरक्रिया गरेको छ । प्रहरी प्रशासन र गाउँ मुखियाहरुबीच विद्यमान मुखिया प्रथाको कार्यसञ्चालन तथा परिवर्तित मुलुकी ऐनबारे धारण बुझ्ने तथा कानुन कार्यान्वयनमा समन्वयात्मक भूमिका निर्वाह गर्ने उद्देश्यले प्रहरीले कार्यक्रम गरेको मुस्ताङका प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।

अन्तरक्रियामा तीनवटै स्थानीय तहका गाउँमुखियाहरुले मुखिया प्रथाको भूमिका र यसको ऐतिहासिक तथा सांस्कृतिक महत्वका बारेमा प्रहरीलाई जानकारी गराएका थिए । उनीहरुले मुखिया प्रथाले सामाजिक विकास तथा विकृति विसंगति रोक्न भूमिका खेल्दै आएको बताए ।

प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले मुखियाप्रथाले सामाजिक विकास तथा सांस्कृतिक पहिचान बोकेको भन्दै समाजलाई अस्थिर र हानी गर्ने अपराधका घटनामा कानुनी उपचारका लागि प्रहरी र प्रशासनलाई सघाउन आवश्यक भएको बताए ।