Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


‘राष्ट्रिय सुरक्षाको क्षेत्र व्यापक’


234
Shares

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले शीतयुद्धपश्चातको परिवर्तित विश्वव्यवस्था तथा तीव्र गतिमा बढी रहेको विश्वव्यापीकरणले राष्ट्रिय सुरक्षाका क्षेत्रलाई व्यापक बनाउँदै लगेको बताउनुभएको छ ।

उहाँले सो कुरा रक्षा मन्त्रालयले सञ्चालन गरेको उच्चस्तरीय राष्ट्रिय सुरक्षासम्बन्धी तालिमको सोमबार शुभारम्भ गर्दै बताउनुभएको हो ।

उहाँले राष्ट्रिय सुरक्षामा पैदा हुने बाह्य खतराको सामना गर्न सैन्य शक्तिको महत्व तथा आवश्यकता यथावत नै रहेको तथ्यलाई विश्वका धेरै घटनाक्रम र विशेषतः जारी रुस–युक्रेन युद्धले पुष्टि गरेको धारणा व्यक्त गर्नुभयो ।

नेपालको राष्ट्रिय सुरक्षा नीतिले राष्ट्रिय हितको अभिवृद्धि एवं राष्ट्रिय सुरक्षा सुदृढीकरणको दिशामा कोशेढुङ्गाको काम गर्ने बताउँदै प्रधानसेनापति शर्माले राष्ट्रिय हित, सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्धलगायतका महत्वपूर्ण विषयमा व्यापक अध्ययन, अनुसन्धान तथा अन्तरक्रियाका लागि आवश्यक राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनका लागि भौतिक संरचनाको निर्माण तीव्र रूपमा अघि बढी रहेको उल्लेख गर्नुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।