६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


सुवास नेम्वाङ एमाले संसदीय दलको उपनेतामा मनाेनित


377
Shares

काठमाडाैं । नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई संसदीय दलको उपनेतामा मनाेनित गरिएकाे छ ।

सोमबार एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई उपनेतामा मनोनित गर्नुभएकाे हाे ।

नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार रहेका उहाँ नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भएका थिए। पौडेलले सोमबार नै राष्ट्रपतिको शपथ लिइसकेका छन्।

त्यसलगत्तै ओलीले नेम्वाङलाई उपनेता चयन गर्नुभएकाे हाे । यसअघि ओलीले आइतबार संसदीय प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई मनोनित गरेका थिए।