२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


इंग्लीश प्रिमियर लिगमा आर्सनलद्वारा फुल्हम पराजित


117
Shares

काठमाडाैं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले फुल्हमलाई ३–० ले पराजित गरेकाे छ ।

आइतबार राति फुल्हमको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ग्याब्रियल मार्टीनेली, मार्टिन ओडेगार्ड र ग्याब्रियलले १–१ गोल गरेका हुन् । जितसँगै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा ५ अंकको अग्रता लिएको छ ।

२७ खेलबाट आर्सनलको ६६ अंक छ भने समान खेलबाट ६१ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको म्यान्चेस्टर युनाइटेड ५० अंकसहित तेस्रो स्थानमा रहेकाे छ । आइतबार रातिको खेलमा म्यान्चेस्टर युनाइटेडलाई साउथ ह्याम्प्टनले गोलरहित बराबरीमा रोकेको छ ।

प्रिमियर लिगका अन्य खेलहरुमा न्युकासल युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्सलाई २–१ ले पराजित गर्दा वेष्ट ह्याम युनाइटेड र एस्टन भिल्लाले १–१ गोलको बराबरी खेलेका छन् ।