काठमाडौं, भदौ १५ । शुक्रबार पनि सुनको मूल्य उकालो लाग्नेक्रम जारी रह्यो । चाँदीको भने स्थीर रह्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर तोलाको ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य बिहीबार तोलामा २०० रुपैयाँले उकालो लागेर तोलाको ५७ हजारमा कारोबार भएको थियो ।
चाँदीको भाउ भने शुक्रबार पनि तोलाको ७२५ रुपैयाँमै स्थीर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय १२ डलर हाराहारीमा कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्