Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


नागरिक लगानी कोषको कामु कार्यकारी निर्देशकमा अर्याल


0
Shares

काठमाडौं, भदौ १५ । नागरिक लगानी कोषको कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी शुशीलकुमार अर्याललाई दिइएको छ ।

कोषका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण पोखरेलले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो ।

पोखरेल तत्कालीन अर्थमन्त्री डा. रामशरण महतका पालामा प्रमुख नियुक्त भएका थिए ।

कोष सन्चालक समितिको हालै बसेको बैठकले अर्याललाई उक्त जिम्मेवारी दिइएको जनाइएको हो ।

नेपाल व्यवस्थापन संघ (म्यान)को महासचिव भएर लामो समय काम गरिसकेका अर्याल यसअघि कोषको मुख्य व्यवस्थापक पदमा कार्यरत् थिए ।