Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै


494
Shares

काठमाडौं । शहीद स्मारक’ ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार दुई खेलहरु हुँदैछन् ।

लिगको तेस्रो चरण अन्तर्गत आइतबार एन्फा कम्प्लेक्स सातदोबाटो र एक खेल च्यासल मैदानमा हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिष्पर्धा हुनेछ । मनाङ र मछिन्द्रबीचको खेल दिउँसो साढे २ बजे सुरू हुनेछ ।

मनाङ दोस्रो जितको खोजीमा हुनेछ भने साविक विजेता मछिन्द्र पहिलो जितको खोजीमा रहेको छ ।

यस्तै, च्यासल मैदानमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुनेछ । एनआरटी र आर्मीबीचको खेल दिउँसो साढे २ बजे सुरू हुनेछ ।

एनआरटी पहिलो जित निकाल्ने योजनामा रहेको छ । यस्तै, आर्मी दोस्रो जितको खोजीमा हुनेछ ।