
काठमाडौँ । ललितपुर महानगरपालिकाका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत घुससहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेल रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पौडेललाई १ लाख घुससहित पक्राउ गरेको हो।
उनले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस मगेको उजुरी अख्तियारमा परेको थियो ।
योपछि खटिएको टोलीले पौडेललाई सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा बिहीबार कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया दिनुहोस्