
काठमाडौं । काठमाडौंबाट बिहीबार भैरहवाका लागि उडेको श्री एयरलाइन्सको विमानको इन्जिनमा आगो (फायर वार्निङ) लागेको संकेत आएपछि विमान काठमाडौं फर्किएर सुरक्षित रूपमा अवतरण गरेको छ ।
बिहीबार बिहान उडान नं. ८२१ को विमान काठमाडौंबाट उडान भरेको केही मिनेटमै फर्किएर काठमाडौंमा सुरक्षित रूपमाअवतरण गरेको हो । नागरिक उड्यान प्राधिकरणका अनुसार विमानकाे इन्जिनमा आगो लागेको चेतावनीको संकेत आएपछि पाइलटले विमान फर्काएका हुन् ।
विमानमा रहेका चालक दल र यात्रु सकुशल रहेको त्रिभुवन विमानस्थलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्