Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


राप्रपा कार्यसम्पादन समितिको बैठक जारी


312
Shares

काठमाडौं । राष्ट्रपति निर्वाचनबारे धारणा बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यसम्पादन समितिको बैठक जारी रहेकाे छ ।

भोलि हुने राष्ट्रपति निर्वाचनमा मतदान गर्ने वा नगर्नेबारे निर्णय लिन बसेको बैठक जारी रहेकाे पार्टी प्रवक्ता माेहन श्रेष्ठले ईमेज खबरलाई जानकारी दिनुभयाे।

पार्टी कार्यालय, धुम्बाराहीमा बसिरहेको बैठकमा बोल्ने अधिकांशले तटस्थ बस्नुपर्नेमा जोड दिइएकाे स्राेतकाे भनाइ छ ।

पार्टीले राजसंस्थाको एजेन्डा लिएकोले राष्ट्रपति निर्वाचनमा मतदान गर्न नहुने पक्षमा केही नेताहरूले धारणा राखेका छन्। ।