Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्विकृति दिएको छैन : प्रधानमन्त्री दाहाल


143
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्विकृति नदिएको बताउनुभएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाईरहेका बेला प्रधानमन्त्री दाहालको यस्तो जवाफ आएको हो ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अहिले मुस्ताङको विषयमा बडो चर्चा भईरहेको उल्लेख गर्दै त्यहाँ स्थानीय तहले विश्वविद्यालय भन्दा पनि कलेज खोल्ने विषयमा धेरै पहिलेदेखि कुरा चलाइरहेको आफूले पाएको स्पष्ट पार्नुभयो ।

एमाले अध्यक्ष ओलीको नाम नलिई प्रधानमन्त्री दाहालले आफूले सो चर्चाको विषयमा कसैलाई आरोप÷प्रत्यारोप गर्ने पक्षमा नरहेको बताउनुभयो । उहाँले मुस्ताङमा भएको खनिज पदार्थबारे स्वदेशमा भन्दा पनि विदेशीहरु बढि जानकार रहेको आफूले सुनेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले मुस्ताङमा भएको अमूल्य खनिज पदार्थको ठिक ढंगले उपयोग गर्न सकियो भने मुलुकको आर्थिक स्थितिमा आमूल परिवर्तन ल्याउन सकिने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले मुस्ताङ मात्रै नभएर मुलुकको विभिन्न भागमा विभिन्न किसिमका प्राकृतिक स्रोतहरु रहेको पनि बताउनुभयो ।